3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

लागुऔषध दुव्र्यसन विरुद्ध तालिम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १३, २०७५  

कोहलपुर,१३ वैशाख/  कोहलपुर नगरपालिका– ९ मा लागुऔषध तथा दुव्र्यसन विरुद्ध सचेतना मुलक तालिम बुधबार सम्पन्न भएको छ ।

कोहलपुर नगरपालिकाको सहयोगमा बास नेपालगन्जद्धारा सञ्चालित लागुऔषध तथा दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम अन्तर्गत सो तालिम सम्पन्न भएको हो ।

तालिमको समापन समारोहमा बोल्दै कोहलपुर नगरपालिका वडा नं.९ का वडा सदस्य बलिराम अहिरले लागुपदार्थ जस्ता दुव्र्यसनबाट छुटकरा पाउँन सहि मार्गमा हिड्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै अहिरले सामाजिक अपराध फैलाउने किसिमका गतिविधिमा नलागि सकारात्मक काममा लाग्न सबैलाई अनुरोध गरेका थिए ।

कार्यक्रमा बोल्दै तालिमका सहभागीहरुले लागुपदार्थ सामाजिक अपराध भएको भन्दै यसको विरुद्ध सबै एकजुट भएर लाग्ने बताए ।

तालिम पश्चात सहभागीहरुले तालिम निकै उपलब्धिमुलक भएको बताउँदै तालिममा सिकेको कुरा व्यवहारमा लागुगर्ने प्रतिबद्धता गरेका थिए । उक्त कार्यक्रममा ३५ बढिको सहभागिता थियो ।

प्रकाशित मितिः बिहिबार, बैशाख १३, २०७५     7:18:42 AM  |