क्लिनिकल अपडेट तालिम



कोहलपुर,१० वैशाख/   बाँकेको बैजनाथ गाउँपालिकाको टिटिहिरियामा तीन दिने क्लिनिकल अपडेट तालिम शनिबारदेखि सुरु भएको छ ।

बैजनाथ स्वास्थ्य शाखाको आयोजनामा संचालन गरिएको उक्त तालिममा सुरक्षित सुत्केरी बनाउनका लागि दक्ष स्वास्थ्यकर्मी तयार पार्न सो तालिमको आयोजना गरिएको बैजनाथ गाँउपालिका स्वास्थ्य शाखाकी सह–संयोजक शोभा अधिकारीले जनाकारी दिइन् ।

सोमबारसम्म सञ्चालन हुने तालिममा खजुरा गाउँपालिका नर्सिङ्ग निरीक्षक लक्ष्मी के.सी.ले सहजीकरण गरिकी छिन् । तालिममा बैजनाथ गाँउपालिकाका टिटिहिरिया र चिसापानीका गरी ४ जनाको सहभागीता रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख १० गते सोमबार