8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

वडा सदस्य खाँ को स्मृतीमा श्रद्धाञ्जली सभा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ८, २०७५  

कोहलपुर,८ बैशाख/  बाँके डुडुवा गाउँपालिका वडानं. ३ का वडासदस्य तथा गाउँसभा सदस्य अतिउल्ला खाँको स्मृतीमा श्रद्धाञ्जली सभा गरिएको छ । निधन भएको एक महिनाको तिथि पारेर श्रद्धाजली सभा गरिएको हो ।

वडा नं. ३ हलबलडोलीमा रहेको मृतक खाँको निवासमा आयोजना गरिएको सभामा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी, ३ नं. वडाका वडाध्यक्ष भण्डारीलाल यादवले स्व. खाँ प्रति श्रद्धाञ्जली व्यक्त गर्दै समुदायमा उनले पुर्याएको योगदानको चर्चा गरेका थिए ।

त्यस अवसरमा गाउँपालिकाले उनको परिवारलाई आर्थिक सहायता स्वरुप रु ४१ हजार नगद उपलब्ध गराएको गाउँपालिकाका सूचना अधिकारी ऋषिराज गौतमले जानकारी दिए ।

कार्यक्रममा जनप्रतिनिधी, समाजसेवी, राजनीतिज्ञ, गाउँपालिका कर्मचारी, स्थानीय लगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए । चैत ७ गते छतबाट खसेर ४२ वर्षिय खाँको निधन भएको थियो ।

मृतक खाँ स्थानीय तहको निर्बाचनमा सघिंय समाजबादी फोरम नेपालबाट वडा सदस्यमा निर्वाचित भएका थिए । उनी पहिलो पटक राजनीतिमा प्रबेश गरि वडा सदस्यमा निर्वाचित भएका हुन ।

प्रकाशित मितिः शनिबार, बैशाख ८, २०७५     7:53:19 PM  |