बैजनाथमा वडास्तरिय सार्वजनिक सुनवाई



कोहलपुर,८ वैशाख/  गाउँपालिकाको वडाले दिने सेवा सुविधाको बारेमा जानकारी दिनको लागि वडास्तरीय सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ ।

बैजनाथ गाउँपालिका कार्यालयको वडा २ को सार्वजनिक सुनवाइमा वडा कार्यालयले दिने सेवा र सुविधा विषयक सार्वजनिक सुनवाई सम्पन गरेको हो ।
स्थानीय सरकारले स्थानीय जनताको जनअपेक्षा नबुझेको सार्वजनिक सुनवाइका सहभागिहरले गुनासा व्यक्त गरेका थिए ।

सार्वजनिक सुनवाईमा स्थानीय निकायको निर्वाचनमा गरिएका प्रतिबद्धता करिव १ वर्ष हँुदासम्म पनि कार्यान्वयमा नभएको गुनासो व्यक्त गरे ।

सार्वजनिक सुनवाईमा विभिन्न बुदाहरुमा वडा अध्यक्ष प्रेमबहादुर थापाले आगामी दिनहरुबाट सबै विषयहरु ऐन कानुन निमार्ण गरी कार्यान्वयमा ल्याउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा आयोजनाहरुको लागत स्टेमेट अंग्रेजीमा भएका कारण धेरै समस्या देखा परेको स्थानीय उपभोक्ता समितिका प्रतिनिधिहरुले गुनासो गरे ।

अध्यक्ष थापाले पालिकामा बारम्बर लागत स्टेमेट नेपालीमा बनाउनु पर्ने बताए पनि प्राविधिकहरुको लापरवाहीका कारण समस्या आएको बताउदै अबका दिनहरुमा नेपाली तथा सबैले बुझ्ने भाषामा बनाईने प्रतिवद्धता व्यक्त गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ८ गते शनिबार