कविन्द्र परियार कोहलपुर ७ बैशाख , बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत डिल बहादुर पुर्जा पुनले वन्यजन्तुको संरक्षण भएका मात्र स्थानीयको सम्वृद्धिको ढोका खुल्ने बताएका छन । बिहीबार बाँके राष्ट्रिय निकुञ्जको मध्यविन्दु मध्यवर्ती उपभोक्ता समिति राप्तीसोनारी —८ आयोजना गरेको मानव वन्यजन्तु बिच द्धन्द्ध न्युनिकरण लागि मेसजाली उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले मेसजालीका लागि बाँके राष्ट्रिय निकुञ्जका ५ वटा मध्यवर्ती समितिमा मानव वन्यजन्तु बिच द्धन्द्ध न्युनिकरण लागि मेसजाली लागि १ करोड विनियोजन गरिएको र उपभोक्ता मार्फत काम गराउँदा दिगोपना हुने हुदाँ मेसजालीको जिम्मा समितिलाई दिएको बताए ।
कार्यक्रममा विशेष अथिति श्रीमेहर गणका गणपति बासुदेव धिमालले सुरक्षाकर्मीले भन्दा पनि स्थानीयले अपनत्वको भावनाका साथ संरक्षणमा लाग्नुपर्ने बताए ।
साथै उनले कुनै पनि अपराधिक गतिविधि भएमा सुरक्षाकर्मीलाई जानकारी गराउन अनुरोध गरे । कार्यक्रममा सभापति तथा मध्यविन्दु मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष हर्क बहादुर विष्टले बाँके राष्ट्रिय निकुञ्जको १८ लाख ९९ हजार ८ सय ४२ रुपैया र उपभोक्ता समितिका तर्फबाट २ लाख ११ हजार ९३ रुपैयाको गरि २१ लाख १० हजार ९ सय ३५ रुपैयाको लागतमा ५ मिटर मोटो र २ मिटर उचाइको पोल सहितको १८ सय मिटर क्षेत्रमा तारबार गरिन लागेको जानकारी दिए ।
२३ औं वन्यजन्तु सप्ताहको छैठौं दिनको अवसर पारेर गरिएको सो कार्यक्रममा सशस्त्र प्रहरी बल बागेश्वरी गणका डम्बर श्रेष्ठ, ढकेरी प्रहरी चौकीका प्रतिनिधि राजेन्द्र धामी सेन्स नेपाल बाँकेका सचिव काली बहादुर वली महादेवपुरी कचानापुर खानेपानी तथा सरसफाई समितिका अध्यक्ष शेरजगं गौतम तारादेवी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका तथा मेसजाली निमार्ण समितिका अध्यक्ष शालिकराम डाँगी, पुष्पाञ्जली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जय बहादुर डाँगी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संञ्चालन मध्यविन्दु मध्यवर्ती उपभोक्ता समुहका सचिव मोहन खनालले संचालन गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्