8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

कोहलपुरमा लिटिल हङ्गर सञ्चालन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ६, २०७५  

कोहलपुर,६ बैशाख/  बाँकेको कोहलपुरमा बुधबारदेखि लिटिल हङगर सञ्चालनमा आएको छ ।

गुणस्तरीय बेकरी आईटम कुुकिज तथा मिठाईहरु सहज ढंगबाट उपलब्ध गराउने उद्देश्यले लिटिल हङगर सञ्चालनमा ल्याईएको सञ्चालक पियुष गुप्ताले जानकारी दिए ।

करिब २ सय ५० भन्दा बढी बेकरी केक तथा फास्टफुडका परिकार हरु उपलब्ध गराइने बताइएको छ ।

गुणस्तरीय मिठाई तथा केक को खोजिमा नेपालगज जानुपर्ने बाध्यता भएका कारण सहज होस भनेर कोहलपुरमा सञ्चालनमा ल्याएको सञ्चालकको भनाइ
छ ।

लिटिल हङगरमा शुद्ध घ्युबाट बनाइएका गुणस्तरिय मिठाईबाट पाईने र कोहलपुर नगरी भित्र होम डेलिभरीको व्यवस्था समेत रहेको छ । कोहलपुरमै उच्च स्तरीय केक तथा मिठाई भेज आईटम लस्सी लगाएयतका वस्तुहरु अन्लाईन मार्फत पनि अडर गर्न सकिने बताइएको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख ६, २०७५     7:45:30 AM  |