रावन बिश्वकर्मा : बर्दिया,६ बैशाख/ बाँसगढी उद्योण वाणिज्य संघको निर्वाचनको मत परिणामको नतिजा निर्वाचन समितिले घोषणा गरेको छ । निर्वाचनको मत परिणामको विषयमा विवाद हुँदाहँुदै पनि निर्वाचन समितिले एकलौटी निर्णय गरी मत परिणाम घोषणा भएको भन्दै लोकतान्त्रिक प्यानलले बहिष्कार गरेको छ ।
लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार विपिन पौडेलका अनुसार निर्वाचन समितिलाई पुनः मतदानको माग गर्दै निवेदन दिए पनि बेवास्ता गरी एकलौटी निर्णयसहित मत परिणाम घोषणा गरिएकाले आफ्नो प्यानलले बहिस्कार गरेको बताए ।
उनले निर्वाचन समितिले कहिले ३ कहिले १ मतको अन्तर ल्याएकाले निर्वाचन समितिको नियत सफा नदेखिएकाले कानुनी ्रक्रियामा गई पुनः मतगणना हुनु पर्ने माग सहित जिल्ला प्रशासन कार्यालय बर्दियामा निवेदन दर्ता गराएको बताए ।
निर्वाचन समितिका संयोजक ठाकुरसिंह थारुले भने विधानले व्यवस्था गरेअनुसार कानुनी प्रक्रियामा रही निर्वाचनको परिणान घोषणा गरिएको बताए । उनले मतगणना गर्दा प्रक्रियामा रही हरेक दुईजना उम्मेद्वारहरुका प्रतिनिधिहरुलाई राखी मतगणना गरिएकाले मतगणनामा कुनै त्रुटि नरहेको बताए ।
उनले मतगणना सकिएको र निर्वाचन समितिले मत परिणाम कानुनी प्रक्रियाअनुसार घोषणा गरेको बताए । निर्वाचन समितिले बुधबार अध्यक्षमा रामसिंह थारु, वरिष्ठ उपाध्यक्षमा बद्रीनाथ बराल, उद्योग उपाध्यक्षमा कृष्ण बहादुर वली, वाणिज्य उपाध्यक्षमा माया कुमारी पौडेल, महासचिवमा युगपति पौडेल, कोषाध्यक्षमा सुरेन्द्र बहादुर कुवर, सहकोषाध्यक्षमा भोजराज शर्मा, सदस्यहरुमा प्रकाश बराल, श्रीकृष्ण देवकोटा, श्यामहरि त्रिपाठीले, इन्द्रजित बुढाथोकीले, किशोर भट्टराई, कृष्णप्रसाद बास्तोला, शिवराज तिमल्सेना, गोविन्दबहादुर हमाल, विजयाकुमारी शर्मा र लेखा संयोजकमा शिव देवकोटा सदस्यहरुमा बिकास गौतम र महेश अधिकारीलाई विजयी घोषणा गरिसकेको छ ।








प्रतिक्रिया दिनुहोस्