रावन बिश्वकर्मा : बर्दिया,५ बैशाख/ बाँसगढी उद्योग वाणिज्य संघ बाँसगढीको निर्वाचनको मत परिणाम सुनाइए पनि घोषणा भने हुन सकेन । अध्यक्षका उम्मेदवार विपिन पौडेलले ‘रिकाउन्ट’ को माग गर्दै निवेदन दिएपछि घोषणा आज लाई सरेको हो ।
कुल ६ सय ६५ मतदातामध्ये निर्वाचनमा ४ सय ९१ मत खसेको थियो । पुरै मत गणना हुँदा अध्यक्षका उम्मेदवार रामसिंह थारुको २३९ मत र पौडेलको २३८ मत आएको निर्वाचन कमिटीले जनाएको छ । एक मतको अन्तर भएपछि पौडेलले पुनःगणनाको माग गरेका हुन् ।
निर्वाचन कमिटीले विजयी घोषणा गर्नका लागि तयारी भए पनि विरोधका बीच घोषणा गर्न सकेन । कमिटीले बिहान ८ बजे घोषणा गर्ने भने पनि अझैं घोषणा गर्नेबारे भने टुंगो लागेको छैन । यो समाचार तयार पार्दा (बुधबार बिहान १ बजे) सम्म पनि घोषणाको विषयलाई लिएर बैठक बसिरहेको थियो । मतपत्रलाई प्रहरीको सुरक्षा घेरामा सुरक्षित राखिएको छ ।
निर्वाचन कमिटीका अनुसार वरिष्ठ उपाध्यक्षमा बद्रिनाथ बरालको २७२ र नरबहादुर वलीको १९८, उपाध्यक्ष (उद्योग) मा कृष्णबहादुर वलीको २३४ र विष्णुप्रसाद पौडेलको २३१, उपाध्यक्ष (वाणिज्य) मा मायाकुमारी पौडेलको २३३ र विष्णुप्रसाद ढकालको २२६, महासचिवमा युगपति पौडेलको २७१ र भद्रबहादुर परियारको १९१, कोषाध्यक्ष सुरेन्द्रबहादुर कुँवरको २९४ र हुमलाल वलीको १६६, सहकोषाध्यक्षमा भोजराज शर्माको ३३६ र रामलाल श्रैष्ठको १३३ मत छ ।
त्यस्तै सदस्यहरुमा प्रकाश बरालले ३३१, श्रीकृष्ण देवकोटाले २८०, श्यामहरि त्रिपाठीले २९५, इन्द्रजित बुढाथोकीले ३००, किशोर भट्टराईले २७७, कृष्णप्रसाद बास्तोलाले २८७, शिवराज तिमल्सेनाले २६५, गोविन्दबहादुर हमालले २४६, विजयाकुमारी शर्माले २५७, गोपाल प्रसाद न्यौपानेले २०८, रामकुमार थारुले २४२, टेकबहादुर सुनारले १७३, साहदत अलि सैयरले ७८, साविर अलि जागाले २२१ मत प्राप्त गरेको निर्वाचन कमिटीले जनाएको छ ।
यस्तै लेखा समिति संयोजकमा शिव देवकोटाले २३७ र शंकरप्रसाद तिवारीले १८१ मत प्राप्त गरेका छन् । लेखा समिति सदस्यमा विकास गौतमले २६६, महेश अधिकारीले २६७ र ओमप्रकाश पौडेलले २०७ मत ल्याएका छन् ।








प्रतिक्रिया दिनुहोस्