‘गुणस्तरीय शिक्षा आजको आवश्यकता’



कोहलपुर,४ बैशाख/   कोहलपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले महँगो शुल्क लिने विद्यालयमा मात्र गुणस्तरीय शिक्षा नहुने बताएका छन् ।

बाँकेको कोहलपुर नगरपालिका—२, स्थित कोहलपुर सिटी एकेडेमीको चौथौ वार्षिक उत्सव तथा नवनिर्मित भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘म निजी विद्यालयको गुणस्तरीयता भन्दा पनि कुन विद्यालयको भवन ठूलो भन्ने प्रतिस्पर्धा देख्छु,’ उनले भने, ‘त्योभन्दा आम अभिभावकका अगाडि मैले गुणस्तरिय शिक्षा प्रदान गर्न सकेको छु भनेर घमण्ड गर्नुपर्छ ।’

वार्षिक उत्सव कार्यक्रममा बोल्दै विद्यालय संस्थापक प्रिन्सिपल प्रशान्त रिजालले विद्यालयको भूकम्परहित भवन निर्माण गरिएको र थप नयाँ आयामका साथ विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए ।

वार्षिक उत्सवमा शैक्षिक सत्र २०७३ उत्कृष्ट हुने विद्यालयका शिक्षक प्रकाश कनोडिया र २०७४ मा उत्कृष्ट हुने शिक्षिका मिना चौधरीलाई सम्मान गरिएको थियो ।

२०७३÷०७४ मा उत्कृष्ट हुने विद्यालयका अनुशासित, नियमित हाजीरी तथा सरसफाइमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
विविध सांस्कृतिक कार्यक्रम सहित संञ्चालन गरिएको साथै वार्षिक उत्सवको अवसरमा निःशुल्क विदार्थी भर्ना समेत गरिएको थियो ।

कार्यक्रमा लोक तथा दोहोरी गित प्रतिष्ठान बाँकेका अध्यक्ष विरेन्द्र सिँह ठकुरी पब्लिक लर्ड बुद्द एकेडेमीका संस्थापक कुशल अधिकारी, डामण्ड स्कुलका संस्थापक तिमोथी ताम्रकार अभिभावक , विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ४ गते मंगलबार