सेन्चुरीको अभिभावक भेला तथा नतिजा प्रकाशन



कोहलपुर,३० चैत/   बाँकेको कोहलपुर नगरपालिका — २ स्थित सेन्चुरी एजुकेशनल एकेडेमी स्कुलको अभिभावक भेला तथा वार्षिकको नतिजा प्रकाशन कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रमको कोहलपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कर्ण सिंह वि.सीले पानसमा दिप प्रज्वलन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वि.सीले विद्यालयले गुणस्तरिय शिक्षामा जोड दिदै अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताए ।

जेष्ठ अभिभावक नर बहादुर जि.सीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका एकेडेमिक प्रमुख प्रताप सिह ठकुरीले स्वागत मन्तव्य राख्दै विद्यार्थी र विद्यालयको विकासमा अभिभावकको महत्वपुर्ण भुमिका हुने बताए ।

कार्यक्रममा शैक्षिक सत्र २०७४ मा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो साथै अतिरिक्त क्रियाकलाप तर्फ समेत उत्कृष्ट हुने शिल्ड तथा ट्रर्फी प्रदान गरिएको थियो भने लगनशिल अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो सो अवसरमा विद्यालयका विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल भोजेन्द्र रेग्मी, नेपाली कांग्रेसका क्षत्रीय सभापति दल बहादुर सुनार बागिना कलाकेन्द्रका अध्यक्ष गणेश विष्ट, विद्यालय व्यवस्थनपन समितिका पदाधिकारी, अभिभावक, विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ३० गते शुक्रबार