8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

चुरे संरक्षण समिति गठन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र २८, २०७४  

कोहलपुर,२८ चैत/   राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र तराई दलित सरोकार केन्द्र नेपालको संयुक्त साझेदारीमा सञ्चालित प्रदेश स्तरीय नदी प्रणालीमा सामाजिक परिचालन कार्यक्रम अन्र्तगत बाँके जिल्ला राप्तीसोनारी गाउँपालिका वडा नं.५ मा ११ सदस्यीय चुरे संरक्षण समिति गठन भएको छ ।

समितिको अध्यक्षमा झगरु प्रसाद थारु, उपाध्यक्ष राधा थारु, सचिव अनिता थारु, कोषाध्यक्ष टिका खड्का रहेका छन् । यस्तै सदस्यमा रम्भा थारु, बुझउनी थारु, किसुन थारु, बाल किसुन थारु, सुनिता खडका, युक बहादुर भण्डारी, नन्द कुमार ओली छन् ।

कार्यक्रम कन्याश्वरी सामुदायिक वनका अध्यक्ष बाल किसुन थारुको अध्यक्षतामा सम्पनन भएको थियो भने सञ्चालन चुरे कार्यक्रमका समाजिक परिचालक फहिम अहिमद सिद्धिकीले गरेका थिए ।

प्रकाशित मितिः बुधबार, चैत्र २८, २०७४     7:26:11 AM  |