नेपालगन्ज,२६ चैत/ खजुरा गाउँपालिकाको सोमबारदेखि शुरु दोस्रो गाउँसभाले विभिन्न ऐन तथा कार्यविधि पारित गरेको छ ।
गाउँपालिका प्रमुख किस्मत
कुमार कक्षपतिको अध्यक्षतामा बसेको गाउँसभाले खजुरा गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन–२०७४, गाउँपालिकाको स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, खजुरा गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि पारित गरेको हो ।
त्यस्तै खजुरा गाउँपालिकाको कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७४, न्यायिक समितिले उजुरी कारवाही र किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिको सम्बन्धमा व्यवस्थापन गर्न बनेको ऐन र विशेष अनुदान बजेट व्यवस्थापन कार्यविधि २०७४ पनि पारित गरेको कानूनी सल्लाहकार विकास आचार्यले जानकारी दिए ।
विधेयक समिति संयोजक तिलकवीर सुनारले सभामा पारित गरियोस् भनेर पेश गरेका कार्यविधि तथा ऐन सर्बसम्मतले पारित भएको थियो ।









प्रतिक्रिया दिनुहोस्