बर्दिया,२५ चैत/ मानव बेचबिखन तथा दासत्व विरुद्ध जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम शनिबार ककौरामा सम्पन्न भएको छ ।
त्रिभुवन सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र ककौराको आयोजनामा भएको कार्यक्रममा मानव बेचबिखन तथा दासत्व, घरेलु हिंसा, बैदेशिक रोजगारीमा समस्या, किशोर अबस्था लगायतका बिषयमा छलफल गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा माईती नेपाल गुलरियाकी गायत्री रिमालले सहजिकरण गरेकी दिइन् । पुस्तकालयका अध्यक्ष नबिन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालीका वडा नम्बर ८ का वडा अध्यक्ष तुलप्रसाद गौतम प्रमुख अथितिको रुपमा रहेका थिए ।
पुस्तकालय युवा नेतृत्व उपसमिति स–संयोजक सागर पौडेलले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न आमा समुहका अध्यक्ष, समाजसेबी, बुद्धिजिबी, युवा, सुरक्षाकर्मी, बिभिन्न समितिका पदाधिकारीहरु लगायत सरोकारवाला निकायका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
मानव बेचनबिखन तथा दासत्व न्युनिकरणको लागी जनचेतनामुलक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको पुस्तकालय युवा नेतृत्व उपसमिति स–संयोजक सागर पौडेलले जनाए ।