16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

दुई लाख नगदसहित नेपालगन्जबाट ७ जना जुवाडे पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र २२, २०७४  

नेपालगन्ज,२२ चैत/   बाँके प्रहरीले नेपालगन्जको आदर्शनगरबाट जुवा खेल्दै गरेका जुवाडे र जुवा खेल्न प्रयोग भएको रकम समेत नियन्त्रणमा लिएको छ ।

प्रहरी निकट स्रोतले दिएको जानकारी अनुसार जुवाको खालबाट २ लाख १७ हजार नगद सहित ७ जना जुवाडे नियन्त्रणमा लिएको हो ।

प्रहरी निकट स्रोतले नियन्त्रणमा लिएका जुवाडेहरुको बारेमा कुनै पहिचान खुलाएको छैन । उनीहरुलाई आवश्यक अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालय बाँके ल्याईदै गरेको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र २२, २०७४     7:54:52 PM  |