नेपालगन्ज,२२ चैत/ सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको संस्थागत क्षमता लोखाजोखा गर्न थालिएको छ ।
पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत संस्थागत क्षमता तथा व्यवस्थापनका विषयमा क्षमता लेखाजोखा गर्नका लागि पाँच दिने कार्यशाला नेपालगन्जमा भइरहेको छ ।
कार्यक्रममा संस्थाको आन्तरिक तथा बाह्रय क्षमता, चुस्त व्यवस्थापन प्रर्णाली, संस्थालाई चाहिने नियमावली, निर्देर्शिका लगायतका विषयमा क्षमताको लेखाजोखा गरी मार्किङ गरिनेछ । कार्यशालामा एनएन एस डब्लुएका पारस गिरी र देवराज छन ।
कार्यक्रममा संस्थाका कार्यसमिति र सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको छ । कार्यशालापछि मार्किङको आधारमा कार्ययोजना निमार्ण गरी कार्यन्वयन गर्ने संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताए ।
प्रकाशित मिति : २०७४ चैत २२ गते बिहीबार








प्रतिक्रिया दिनुहोस्