पार्टी एकतालाई अन्तिम रुप दिन एमालेको पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बस्ने



काठमाडौं,२१ चैत/ नेकपा एमालेले वैशाख ७ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।यस्तै वैशाख ६ गते पोलिटब्यूरो बैठक बस्ने छ ।

बुधबार बसेको स्थायी समिति बैठकले ६ गते पोलिटब्यूरो बैठक र ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

वैशाख ९ गते माओवादीसँग पार्टी एकताको घोषणा गर्ने तयारीमा रहेको एमालेले त्यसअघि केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

वैठकमा अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग एकताका लागि संयोजन समितिको कार्यदलले मंगलबार बुझाएको प्रतिवेदनबारे जानकारी गराउनुभयो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका बारेमा पनि छलफल भएको हो । बुधबार बसेको स्थायी कमिटी बैठकले नेता जागृतप्रसाद भेटवालको निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ ।

-ujyaaloonline.com

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २१ गते बुधबार