कोहलपुर,२१ चैत/ बाँकेको डुडुवा गाउँपालिकाले मंगलबार डुडुवा राजपत्र प्रकाशन गरी सार्वजनिक गरेको छ । गाउँपालिकाका ऐन, कानुन, नियमावली र कार्यविधिलाई प्रमाणिकरण गरी चैत्र १५ गते राजपत्रमा प्रकाशित गरिएको राजपत्र मंगलबार सार्वजनिक गरिएको हो ।
गाउँपालिका कार्यालय बनकटीमो पत्रकार सम्मेलन गरी अध्यक्ष नरेन्द्रकुमार चौधरीले भाग १, २ र ३ अन्र्तगत निमार्ण गरिएका ऐन, कानुन, नियमावली र कार्यविधि समेटिएको राजपत्र सार्वजनिक गरेका हुन् ।
गाउँपालिकाले प्रकाशन गरेको राजपत्र पश्चात निमार्ण भएका ऐन, नियमावली र कार्यविधिले आफुहरुलाई काम गर्न सहज भएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए ।
उनले संविधानले व्यवस्था गरेअनुसार करिब ४ महिना लगाएर ६ वटा ऐन, दुई वटा नियमावली र पाँच वटा कार्यविधि निमार्ण गरी कार्यन्वयनमा ल्याएको बताए ।
राजपत्र प्रकाशनपछि गाउँ पालिकाका ऐन, कानूनअन्र्तगतका कार्यले अब वैधानिकता पाउने नेपालको सविधान २०७२ ले व्यवस्था गरेको छ ।









प्रतिक्रिया दिनुहोस्