नेपालगन्ज,१९ चैत/ बासले श्रमिक बालबालिकाका परिवारहरुलाई ब्यवसायिक परामर्श तथा उद्यमी तालिम प्रदान गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, युनिसेफको सहयोग र बास नेपालगन्जको सहजिकरणमा सो तालिम सम्पन्न भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १०, ११, १२, १६ र १७ काश्रमिक बालबालिकाहरुका परिवारको सहभागिता रहेको तालिममा सहभागिहरुले सामान्य काम गरिरहेको भएपनि कम लगानीमा कसरी व्यवसाय गर्ने र बढी प्रतिफल हासिल गर्ने भन्ने बारेमा जानकारी नभएकोले तालिमबाट सो बारेमा प्रष्ट भएको बताए । उनीहरुले तालिमले ब्यवसाय संचालन गर्न उत्साह थपेको बताए ।
तालिममा ब्यवसाय के हो, ब्यवसाय संचालन कसरी गर्ने, कस्तो व्यवसाय फाईदाजनक हुन्छ लगायतका विषयमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान नेपालगन्जका प्रमुख राज बहादुर चौधरीले सहजिकरण गरेका थिए भने कार्यक्रम र सहयोगको बारेमा बासका उपनिर्देशक हेमराज भट्टले जानकारी गराएका थिए । परामर्श तथा तालिममा पाच ओटै वडाका १५ जनाको उपस्थिती रहेको थियो ।
बासले कार्यक्रम अन्तरगत छनौटमा परेका परिवारहरुलाई व्यवसाय संचालनका लागि सहयोग गर्दै छ ।