श्री हनुमान जन्मोत्सव नेपालगन्जमा जारी



नेपालगन्ज,१७ चैत/ नेपालगञ्जस्थित हनुमत गौशालामा श्री हनुमान जन्मोत्सव सुरु भएको छ । १५ गतेदेखि शुरु भएको जन्मोत्सवमा दैनिक भजन कीर्तन र पूजापाठ हुँदै आएको छ ।

जन्मोत्सवको अवसरमा शनिवार बिहान शोभा यात्रा निकालिएको छ । बिहान साढे ८ बजे शोभायात्रा शितलनगर मन्दिरदेखि शुरु भइ त्रिभुवन चोक, न्यूरोड, सेतु बि.क चोक, धम्बोझी चोक, घरबारीटोल, सुर्खेतरोड हुदै परिक्रमा गरेर हनुमान गढी हनुमत गौशालामा पुगेर समापन भएको थियो ।

शनिवार बिहानैदेखि सुन्दरकाण्ड पाठ, भजन कीर्तन, महाआरती तथा विशाल भण्डारा गरिएको आयोजकले जनाएको छ । श्री सुन्दर काण्ड मित्र मण्डल, हनुमत गौशालाको आयोजनामा भएको जन्मोत्सव कार्यक्रममा अखण्ड रामायण पाठ अष्टयाम संकीर्तन जन्मोत्सव सञ्चालन समेत भएको छ ।

जन्मोत्सवमा प्रसिद्ध भजन गायक नमुना महेश्वरी, धर्मेन्द्र पाण्डे, ज्योति गोश्वामी, पवन मिश्रा, आशु गोस्वामी भारतको टोलीको प्रस्तुती गर्ने आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १७ गते शनिबार