3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

‘पीडितका लागि आस र पीडकका लागि त्रास’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र १७, २०७४  

नेपालगञ्ज,१७ चैत/  प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरीका हरेक संरचनाहरु पीडितका लागि आस र पीडकका लागि त्रासको रुपमा स्थापित हुनुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा निर्मित महिला तथा बालबालिका सेवा केन्द्रको समुदघाटन गर्दै प्रहरी महानिरिक्षक अर्यालले पीडितहरुका सवालमा प्रहरी कर्मचारीहरुबाट नजरअन्दाज नगरी लापरबाही गरेको पाइएमा प्रहरी संगठनबाट कडा भन्दा कडा कारबाही गरिने चेतावनी दिएका छन् ।

प्रहरीले प्रदान गर्ने हरेक सेवामा सेवाग्राहीले नविन सोच, उत्साह र थप उर्जा रहेको मशसुस गर्न सक्नुपर्ने बताए । नयाँ संरचनामा रहेर काम गर्ने प्रहरी कर्मचारीहरुको सेवा पनी नयाँ सोचका साथ उत्कृष्ठ हुनुपर्ने उल्लेख गरे ।

प्रहरी महानिरिक्षक अर्यालले प्रहरी संगठनको स्थापना भएको ६ दशक भए पनि नेपाल प्रहरी अझै पनी भौतिक पुर्वाधारको अभावमा रहनुपरेको गुनासो
गरे ।

उनले बाँकेमा निर्माण भएको महिला तथा बालबालिका सेवा केन्द्रले पीडितहरुलाई न्यायदिलाई पीडकलाई सजाय दिन कुनै कञ्जुसाई नगर्ने बताए ।
विगतमा भन्दा महिला तथा बालबालिका माथीका अपराधहरु प्रहरीमा आउनु आफुले सकरात्मक रुपले लिएको बताए ।

उनले प्रहरीको विश्वासका कारण हरेक घटनाहरु प्रहरीमा आउने गरेको बताए । महिला र बालबालिकाका सवालमा प्रहरी गम्भीर भएको भन्दै उहाँले छुट्टै सेल मार्फत् काम कारबाही हुने हुँदा अझ प्रभावकारी उनको भनाई थियो ।

कार्यक्रममा संघीय प्रहरी इकाई कार्यालय नेपालगञ्जका बरिष्ठ प्रहरी उपरिक्षक महेश विक्रम शाह, बाँके प्रहरी प्रमुख टेकबहादुर तामाङ्ग, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा लगायतले धारणा राखेका थिए ।

१ करोड ५६ लाखको लागतमा दुई तले महिला तथा बालबालिका सेवा केन्द्र भवनको निर्माण गरिएको बताइएको छ । प्रहरी व्यायामशालामा यो भवन रहेको छ ।

प्रकाशित मितिः शनिबार, चैत्र १७, २०७४     7:24:25 AM  |