चारदिने शिक्षक तालिम सुरु



बर्दिया,१६ चैत/ बर्दियाको बाँसगढीमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लक्ष्मणपुरका शिक्षकहरुको लागि चारदिने शिक्षक तालिम सुरु भएको छ ।

नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लक्ष्मणपुरको आयोजना र जिल्ला शिक्षा कार्यालय बर्दियाको संयोजनमा बिहिबारदेखि तालिम सञ्चालन भएको हो ।

शैक्षिक गुणस्तर सुधार, कक्षा कोठा व्यवस्थापन, शिक्षण विधि र शिक्षण प्रविधिको प्रयोगको बारेमा तालिममा सहजिकरण गरिने नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लक्ष्मणपुरका प्रधानाध्यापक अर्जुन प्रसाद तिवारीले जानकारी दिए ।

विद्यालयले यसै शैक्षिक सत्रबाट कक्षा ५ सम्म अंग्रेजी माध्यमाट पढाई सञ्चालन गर्ने योजनालाई पनि तालिमले थप सहयोग पुग्ने विश्वासका साथ तालिमको आयोजना गरिएको जनाइएको छ ।

तालिममा विद्यालयका १९ जना शिक्षकहरुको सहभागिता रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १६ गते शुक्रबार