बर्दिया,१६ चैत/ वर्षेनी आउने बाढीका कारण क्षति व्यहोर्दै आएका विपन्न तथा असहाय किसानहरुको जीवीको पार्जन तथा आयआर्जनमा सघाउ पु¥याउन कारितास नेपालले पशुपालनका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
कारितास ईन्टरनेशनलको सहयोगमा कारितास फिल्ड कार्यालय गुलरियाले बारबर्दिया र गुलरिया नगरपालिकाका–५० घरपरिवार किसानलाई जनही १० हजारका दरले सहयोग गरेको हो ।
कारितास फिल्ड कार्यालय गुलरियामा आयोजित कार्यक्रममा कारितास नेपाल क्षेत्रीय कार्यालय कोहलपुरका निर्देशक जनक शर्मा, फिल्ड कार्यालय गुलरियाका प्रमुख खम्बसिंह बस्नेतले उनीहरुलाई सहयोगको चेक सहयोग हस्तान्तरण गरेका थिए ।
चेक हस्तान्तरण कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष रामबहादुर रावल, वडा नं. ५ का वडा अध्यक्ष सावित्रा गौतम, वडा नं.१२ का वडा अध्यक्ष रामबहादुर थारु समेतको उपस्थिति थियो ।
प्रकाशित मिति : २०७४ चैत १६ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्