बालश्रम न्यूनीकरण सम्बन्धी प्रगति समीक्षा



नेपालगन्ज,१६ चैत/  बालश्रम न्यूनीकरण तथा बालसंरक्षण कार्यक्रमको प्रगति समिक्षा बैठक विहिबार सम्पन्न भएको छ । नेपालगन्ज उप–महानगरपालिकाको आयोजना, युनिसेफको सहयोग र बास नेपालगन्जको सहजिकरणमासो समीक्षा बैठक सम्पन्न भएको हो ।

नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्सेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख राणाले छोटो अवधीमा कार्यक्रमको प्रगति हेर्दा कार्यक्रम निकै फलदायी भएको महसुस भएको बताए ।

वडा कार्यालयहरुको समन्वय र सहकार्यमा कार्यक्रमहरु भएको भन्दै पारिवारिक सहयोग गर्दा सचेत भएर गर्न उनले अनुरोध गरे । उपमहानगर भित्र रहेका गरिवीको रेखामुनि रहेका व्यक्तिहरुको आर्थिक उपार्जन तर्फ नगरपालिका अग्रसर भइरहेको उनले बताए ।

उनले सहयोग गरेको रकमको सहि सदुपयोग भएनभएको हेर्न साझेदार संस्था र वडाले अनुगमन गर्नुपर्ने बताए । यसैगरी कार्यक्रममा बोल्दै नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापाले नेपालगन्ज उपमहानगरपालिका आर्थिक शसक्तिकरणमा लागिरहेको भन्दै यो कार्यक्रमले सो अभियानमा सहयोग गर्ने बताइन् ।

कार्यक्रमको दिगो स्थायित्वतर्फ संस्थाहरुले ध्यानदिनउनले साझेदार संस्थाहरुलाई अनुरोध गरिन् । कार्यक्रममार्फत प्राप्ततथ्यांकको आधारमा नगरभित्रका बाल श्रमिकहरुको तथ्यांक निर्माणमा सहयोग गर्ने बताइन् ।

सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशीेले संचालन गरेको समिक्षा बैठकमा बालश्रम न्यूनीकरण तथा बालसंरक्षण कार्यक्रम अन्तगत सम्पन्न क्रियाकलाप, बाँकी क्रियाकलाप, प्रगति, श्रमिक बालवालिकाको अवस्था, पारिवारिक सहयोग गर्ने परिवार छनौटको बारेमा संस्थागत रुपमा बासको तर्फबाट हेमराज भट्ट, रुसुफका अब्दुल आशिफ ईराकी, समपर्ण नेपालका नगेन्द्र शाही र आईएसडीसिका तर्फबाट बिजयमल्लले प्रस्तुतीकरण गरेका थिए ।

उपमहानगरपालिकाकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र नगर कार्यपालिका सदस्यहरुको सहभागिता रहेको बैठकमा कार्यक्रम प्रभावकारी रुपमा
भइरहेको धारणा सहभागिहरुले राखेका थिए ।

प्रकाशित मिति : २०७४ चैत १६ गते शुक्रबार