काटमाडौं,१५ चैत/ राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवस र सनातन धर्मालम्बीहरुको महत्वपुर्ण धार्मिक, साँस्कृतिक पर्वहरु विदा कटौती गर्ने सरकारको निर्णय दुर्भाग्यपूर्ण भएको बताएको छ ।
सनातन धर्मको गौरवपूर्ण ईतिहास एवं संस्कृति मेटाएर हिंसात्मक द्वन्द्व पछिको घटनाक्रमलाई मात्र मान्यता दिने योजनामा एमाले पनि मतियार भएको उसको आरोप छ ।
राप्रपा प्रवक्ता भुवन पाठकद्धारा जारी विज्ञप्तिमा भनिएको छ, क्रिसमसमा विदा दिने तर श्रीकृष्ण जन्माष्टमी, रामनवमी र घटस्थापनामा विदा नदिने निर्णय पूर्वाग्रही छ ।’
सरकारको निर्णयले हिन्दु धर्मालम्बीहरुको भावनामा गम्भिर आघात पुर्याएको राप्रपाले बताएको छ ।
सामाजिक सद्भाव खलबलाउने र धार्मिक द्धन्द्ध बढाउने खतरा बढेको भन्दै उसले विदाको निर्णय सच्याउन माग गरेको छ ।
प्रकाशित मिति : २०७४ चैत १५ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्