रक्तदान कार्यक्रम सम्पन्न



कोहलपुर,१५ चैत/   ६१औं सहकारी दिवसको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत बुधबार बैजनाथ गाउँपालिका वडा नं ६ स्थित एभरेष्ट कृषि सहकारी संस्थाको भवनमा बृहत् रक्तदान सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघ बाँके तथा बैजनाथ गाउँपालिका स्तरिय सहकारी संजालको आयोजनामा र बैजनाथ गाउँपालिकाको सहयोगमा गरिएको वृहत रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेको बैजनाथ गाउँपालिका स्तरिय सहकारी संजालका अध्यक्ष जगत वि.सीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १५ गते बिहीबार