बर्दिया,१५ चैत/ सहकारी संघ संस्थाहरुको अभिलेख हस्तान्तरण तथा स्थानीय तहका पदाधिकारी एवं अधिकृतहरुको दुई दिने अभिमुखीकरण कार्यक्रम बुधबारदेखि बर्दियाको गुलरियामा सुरु भएको छ ।
कार्यक्रममा बर्दिया जिल्लाका नगरपालिका तथा गाँउपालिकाका पदाधिकारी, कर्मचारी र जिल्ला स्थित सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।
अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शंकर प्रसाद थारुले जिल्लामा सञ्चालन भएका सहकारी संस्थाहरुको स्थानीय तहमा हस्तान्तरण भएपछि सहकारी संस्थाहरुको अनुगमन तथा नियमन अझ प्रभावकारी हुने कुरामा जोड दिए ।
सो अवसरमा ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ, बहैयाताल गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, गेरुवा गाँउपालिकाका उपप्रमुख हिमा चौधरी, गैर सरकारी संस्था महासंघका अध्यक्ष बिष्णु तिमेल्सेना, जिल्ला सहकारी संघका अध्यक्ष हरि अधिकारी लगायतका वक्ताहरुले आफनो धारणा राखेका
थिए ।









प्रतिक्रिया दिनुहोस्