11 September 2024  |   बुधबार, भदौ २६, २०८१

डढेलो नियन्त्रणमा उत्कृष्ट सामुदायिक वनलाई पुरस्कृत गरिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र १३, २०७४  

सुदीप अधिकारी : बर्दिया,१३ चैत/     वन डढेलो नियन्त्रण कार्य दिगो र प्रभावकारी बनाउन जिल्ला वन कार्यालयले डढेलो हुन नदिने र डढेलो नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने सामुदायिक वनलाई नगद पुरस्कार तथा प्रशंसा पत्र प्रदान गर्ने भएको छ ।

प्रत्येक वर्षको गर्मीयाममा आगलागीका घटनाहरु बढ्दै गई वन डढेलोले पुनरुत्पादन र वन्यजन्तुलाई प्रत्यक्ष असर पारिरहेकोले बर्दियाको वन व्यवस्थापन तथा विकासमा मुख्य चुनौतिको रुपमा देखिएको वन डढेलो नियन्त्रणका कार्यालयले पुरस्रकार तथा प्रंशसा पत्र प्रदान गर्न लागको हो ।

बर्दियामा प्रतिवर्ष २९२५ हेक्टर भन्दा बढि वनक्षेत्र वन डढेलोबाट क्षति हुदै आएकाले वन डढेलोे लाग्न नदिने र आगो लागि हालेमा निभाउन छिट्टो र पहिलो भूमिका सामुदायिक वनका उपभोक्ता र सदस्यहरुले खेल्न सक्ने बताउँदै वन समुह र उपभोक्ताको उत्प्रेरणा जगाउन पुरस्कार तथा प्रशंसा पत्र दिन लागिएको हो ।

जेठको अन्तिममा आगलागीको घटना हुदैन भन्ने महसुस भएलगतै जिल्लामा एक समीक्षा बैठकले आयोजना गरी सबभन्दा राम्रो आगो नियन्त्रण गर्ने र आगलागि हुन नदिने सामुदायिक वनलाई उचित पुुरस्कार दिनेछौं जिल्ला वन अधिकृत शिव सापकोटाले बताए ।

वन डढेलो नियन्त्रणमा सचेतना फैलाउन सामुदायिक वन समूह र सामुदायि वन उपभोक्ता महासंघले हालसम्म खेलेको भूमिकाको प्रशंसा गर्दे उनले सामुदायिक वनले मांग गरेमा आगो नियन्त्रण गर्न जिल्ला प्रकोप व्यस्थापन समितिको निर्णय अनुसार थप सहयोगमा सुरक्षाकर्मी वा दक्ष जनशक्ति परिचालन गर्न सकिने प्रष्टाए ।

जिल्ला वन अधिकृत सापकोटाका अनुसार यो वर्ष कम पानी कम पर्ने संभावना रहेकोले वन डढेलो नियन्त्रणका लागि विगतभन्दा अझै प्रभावकारी किसिमले निरोधात्मक तथा प्रतिरोधात्मक उपायहरु अवलम्बन गर्नुपर्ने जरुरी छ ।

आगलागीको अत्यन्तै जोखिममा रहेको छ बर्दियामा प्रत्येक वर्ष फागुनदेखि जेठसम्म ४ महिनाको अवधिमा ३७५ पटक जति वन डढेला लाग्ने भएकाले वन डढेलो नियन्त्रणका लागि वन उपभोक्ता सदस्य, स्थानीय समुदाय सचेत रहनु पर्ने सहायक वन अधिकृत श्यामबाबु लोपचनको भनाई छ ।

बर्दियामा सन् २००१देखि २०१६सम्म १५ बर्षको अवधिमा ६३८३ पटकमा ४३हजार ८ सय ६९हेक्टर वनमा वन डढेलोले क्षति पु¥याएको देखिन्छ ।

प्रकाशित मितिः मङ्लबार, चैत्र १३, २०७४     7:06:19 AM  |