यातायात व्यवसायी एकीकरणको अन्तिम चरणमा



कोहलपुर,१३ चैत/   बाँके र बर्दियाका यातायात व्यवसायीहरु एकिकरणको अन्तिम चरणमा पुगेका छन् । आइतबार भेरी सार्वजनिक यातायात व्यवसायी समितिको सभाहलमा बसेको भेलाबाट दुई जिल्लाका यातायात व्यवसायीहरु एकिकरणको नजिकमा पुगेका एकिकरण समितिका संयोजक टंक प्रसाद बस्यालले जानकारी दिए ।

गएको चैत १२ गते बसेको बैठकको निणर्य अनुसार बस्यालको संयोजकत्वमा बनेको समितिले भेलामा प्रतिवेदन समेत बुझाएको छ । भेलाले ३ दिन भित्रमा जाचँबुझ समितिलाई दुई जिल्लामा रहेका गाडीहरुको प्रकृति क्युको मापदण्ड, समितिको अवस्था लगायतका विषयकमा प्रतिवेदन बुझाउन समेत निर्देशन दिएको संयोजक बस्यालले बताए ।

त्यस्तै भेलाले बाँके र बदिर्यामा रहेका यातायात क्षेत्रमा देखिएका गलत प्रवृतिहरु अन्त्य गरी भाडामा एकरुपता ल्याउन बुकिङ्ग व्यवस्थापन गर्न पब्लिक मेट्रो प्रालीका अध्यक्ष अजय थापा मगरको संयोजकत्वमा सचिव तथा सहसचिवहरु सहितको अनुगमन समिति गठन गरिएको छ ।

त्यस्तै भेलाले आगामी चैत २० गते कृष्णसार यातायात व्यवसायी समिति र भेरी प्राली बर्दियामा संयुक्त रुपमा भेला बसी एकिकरणको अन्तिम निणर्य गरिने निर्णय गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १३ गते मंगलबार