कोहलपुर,१० चैत/ कोहलपुरस्थित निम्वल इङ्ग्लिस मिडियम स्कुलको आयोजनामा निःशुल्क दन्त शिविर शुक्रबार सम्पन्न गरेको छ ।
कार्यक्रममा कोहलपुर शिक्षण अस्पतालका दन्त रोगविद् डा. विश्वनाथ चौधरी, डा. रमेश राम भण्डारीले विद्यार्थी तथा अभिभावकहरुको दन्त उपचार गर्नुका साथै परामर्श समेत गरेका थिए ।
सो निःशुल्क दन्त शिविरमा लगभग पाँच सय बढी विद्यार्थी र डेढ सय बढी अभिभावकहरुले दाँत परीक्षण गराएको विद्यालयका प्रधानाध्यापक रमेश खत्रीले
बताए ।
कार्यक्रममा निम्वल इङ्ग्लिस मिडियम स्कुल प्रधानाध्यापक रमेश खत्री, सहप्रधानाध्यापक अमृता सिढाई, कोहलपुर शिक्षण अस्पतालका दन्त रोगविद् डा. विश्वनाथ चौधरी, डा.रमेश राम भण्डारी तथा अभिभावकहरुको पनि उल्लेखनीय सहभागिता रहेको विद्यालयका शिक्षक शान्त बिसीले बताए ।
प्रकाशित मिति : २०७४ चैत १० गते शनिबार









प्रतिक्रिया दिनुहोस्