मिसन समाचारदाता, चैत, ८/ प्रदेश नम्बर ५ मा जलविद्युत विकासको स्थिति, सम्भवना, समस्या र समाधानका उपायका विषयमा सरोकारवालासँग बुधबार अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्र्तक्रिया कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार बिकास मन्त्री बैजानाथ चौधरीले विद्युत आपुर्ति सहज बनाउनका लागि छिटै आवश्यक नीति बनाएर अगाडि बढ्ने
बताए । यसका लागि छिट्टै प्रदेश सरकारमा प्रस्ताव पेश गर्ने मन्त्री चौधरीले बताए ।
मन्त्री चौधरीले विद्युत प्राधिकरण वितरण केन्द्र प्रमुखहरुसँग वितरण केन्द्रको अवस्था, चुनौति र सुझाव सल्लाह समेत संकलन गरेका थिए । कार्यक्रममा प्रदेश नम्बर ५ का बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा र प्युठान सहित ६ जिल्लाका ८ ओटा, नेपाल विद्युत प्राधिकरण केन्द्र प्रमुखहरुले सुझाब सल्लाह सहित वितरण केन्द्रका समस्याहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका विभिन्न प्रतिनिधिहरुले पनि सुझाव सल्लाह सहित
आ—आप्mनो धारणा राखेका
थिए ।
प्रकाशित मिति : २०७४ चैत ८ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्