कोहलपुर,७ चैत/ कोहलपुर नगरपालिकामा क्ष्ोत्रमा लामो समय देखी अव्यवस्थित रुपमा बसोबास गरेर बसेका व्यापारीहरुलाई व्यवस्थापन गर्नुको साटो बल जप्ती डोजर लगाएर सरसमान समेत कब्जा गरेर लगिएको भन्दै राष्ट्रिय मोर्चाले कोहलपुर नगरकमिटीले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको
छ ।
मंगलबार मोर्चाले पे्रस वक्तव्य जारी गरी गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । अव्यवस्थित बसोबास जनताको बाध्यता भएको र ति बासिन्दालाई व्यवस्थापन गर्नुपर्ने स्थानीय सरकारको दायित्व भएको हुँदा डोजर लगाएर सरसमान कब्जामा लिनु मानविय काम नभएको भन्दै यथाशिघ्र
जफत गरिएका सरसमान फिर्ता गर्न समेत आग्रह गरेको छ ।
साथै कोहलपुर चौराह क्षेत्र कुनै भुमाफियाको कब्जामा नपरोस भन्दै सो क्षेत्रलाई व्यस्थित गर्न समेत राष्ट्रिय मोर्चाले ध्यानाकर्षण भएको कोहलपुर नगरकमिकटिका अध्यक्ष भिम प्रसाद देवकोटाद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा जनाइएको छ ।