नेपालगञ्ज,६ चैत/ सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा पशुपति माध्यमिक विद्यालय राँझा प्रथम भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा भएको सो प्रतियोगिमा पशुपति मावि प्रथम भएको हो ।
यस्तै भेरी ई.मि. हाई स्कूल नेपालगन्ज द्वितीय, आदर्श उमावि नेपालगन्ज तृतीय र वेष्ट जोन ई.मि. हाई स्कूल नेपालगन्ज सान्त्वाना भएका छन् । प्रथम हुन सफल पशुपति माविले रु २५ हजार पुरस्कार प्राप्त ग¥यो भने द्वितीय, तितृय र सान्त्वानाले क्रमश १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरे । अन्य सहभागी सम्पूर्ण विद्यालयका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
हाजिरीजवाफ प्रतियोगिताको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा विभाग प्रमुख इश्वर पौडेलले उद्घाटन गरेका थिए । उक्त प्रतियोगितामा ३८ विद्यालयको सहभागिता रहेको थियो ।