नेपालगञ्ज,६ चैत/ भ्रष्टाचार विरुद्ध क्रियाशिल संस्था बास नेपालगञ्जले सोमबार नेपालगञ्ज स्थित विभिन्न सरकारी कार्यालयमा स्टिकर अभियान सञ्चालन गरेको छ ।
बास केन्द्रीय कार्यालय अन्तर्गत स्वयं सेवक समुहको आयोजनामा नेपालगञ्ज स्थित सरकारी कार्यालयमा सो स्टिकर अभियान सञ्चालन गरेको हो ।
अभियानको क्रममा बास नेपालगञ्जद्वारा प्रकाशति म भ्रष्टाचार बिरोधी हुँ, नेपाली हुनमा गर्व गरौं, भ्रष्टाचार विरुद्ध अघि सरौ, बाल श्रम र बाल विवाहका बारेका स्टिकरहरु टाँस गरिएको थियो ।
अभियान अन्तर्गगत ३० बढी सरकारी कार्यालय र सार्वजनिक स्थानहरुमा सो स्टिकर टाँस गरिएको छ । बासले विभिन्न समयमा यस्ता जनचेतनामूलक अभियानहरु सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति : २०७४ चैत ६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्