यम घिमिरे बर्दिया,६ चैत/ युवाहरुलाई उद्यम तथा व्यापार व्यवसायप्रति आर्कषण बढाउन जिल्ला युवा परिषद् बर्दियाको संयोजनमा राष्ट्रिय युवा परिषदले अनुगमन भ्रमण गराएको छ ।
वैदेशिक रोजगार र रोजगारीलाई युवाहरुले प्राथमिकता दिइरहेको सन्र्दभमा उद्योगधन्दा तथा व्यापार व्यवसायको विकास तथा विस्तार गरी आफनो र आफनो परिवारको जीवनस्तर सुधार गर्न सकिने आत्मविश्वास जगाउन भ्रमण आयोजना गरिएको हो ।
प्रदेश नम्बर ५ का बर्दिया, बाँके, प्युठान र रोल्पा जिल्लाका जिल्ला युवा समितिका अध्यक्ष, कार्यालय प्रमुख, युवा उद्यमी, युवा पत्रकार लगायतका ३० जनालाई परिषद्ले प्रदेश नम्रब ३ का काभ्रे,काठमाण्डौ र ललितपुर जिल्लामा युवाहरुद्धारा सञ्चालित उद्यम तथा व्यवसायहरुको स्थलगत अवलोकन गराइएको हो ।
भ्रमण टोलीमा राष्ट्रिय युवा परिषदका सदस्य सुजित केसी, बर्दिया जिल्ला युवा परिषद्का अध्यक्ष बिष्णु जोशी, बर्दियाका जिल्लाका कार्यालय प्रमुख नीलकण्ठ रेगी, प्रेस क्लबका अध्यक्ष यम घिमिरे, राष्ट्रिय युवा परिषदका अधिकृत लक्ष्मण गिरी लगायत ३० भन्दा बढिको सहभागिता रहेको थियो ।
भ्रमण टोलीले ललितपुर र काभ्रेका युवाहरुद्धारा स सञ्चालित कुखुरापालन, गाईपालन, तरकारी खेती, च्याउ खेती, पुष्प व्यवसाय, दुधडेरी उद्योगहरुको स्थलगत अवलोकन गरी ती व्यवसायहरुको लगानी, अवसर, मुनाफा र सञ्चालन विधीबारे जानकारी लिएको जिल्ला युवा परिषद् बर्दियाका अध्यक्ष बिष्णु जोशीले बताए ।
टोलीले ललितपुर खुमलटारको राष्ट्रिय कृषि अनुसन्धान केन्द्र, ललितपुर गोदावरीको राष्ट्रिय वनस्पति उद्यान, काभ्रेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल नमोबुद्धको भ्रमण गरी स्थानीय स्तरमा पनि कसरी व्यवस्थित रुपमा पर्यटन उद्योग सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा जानकारी लिएको जिल्ला युवा समितिको कार्यालय बर्दियाका प्रमुख नीलकण्ठ रेग्मीले बताए ।









प्रतिक्रिया दिनुहोस्