संरक्षणमा युवा विषयक अभिमुखीकरण



कोहलपुर,५ चैत/  चोरी सिकार नियन्त्रण युवा जागरण उपसमिति (सिबिएपियू) का युवालाई आइतबार संरक्षण अभिमुखीकरण दिइएको छ ।

संरक्षण क्षेत्रमा युवालाई जोड्न अभिमुखीकरण दिइएको सिबिएपियू सञ्जाल बाँके अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिए । बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको कोहलपुर र देउराली हरियाली मध्यवर्ती उपभोक्ता समितिमा पाँचवटा टोल युनिट गठन गरिएको छ ।

भर्खरै गठन भएको टोल युनिटका पदाधिकारीलाई अभिमुखीकरण गरिएको हो । उनीहरूलाई संरक्षण र सामुदायिक विकासमा युवाको भूमिका, कानुनी प्रावधानलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारी, रबिन चौधरी, जेडएसएल नेपाल बाँके बर्दिया कम्प्लेक्स प्रमुख पवन गौतम, सिबिएपियू सञ्जाल बाँके अध्यक्ष कृष्णलाल चौधरीले प्रशिक्षण दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ५ गते सोमबार