जुत्ता, चप्पल व्यवसायी संघको प्रथम वार्षिक साधारणसभा सम्पन्न



नेपालगञ्ज,४ चैत/    नेपालगञ्जका जुत्ता चप्पल व्यवसायी संघको प्रथम वार्षिक साधारण सभा नेपालगञ्जमा शनिबार सम्पन्न गरिएको छ ।

साधारण सभामा बोल्ने वक्ताहरुले देशमा संघिय संरचना आएपनि विभिन्न चरणको बन्दले व्यवसायी धरापमा परेको उनीहरुले गुनासो गरेका छन् ।
बन्द नै हो भने समान रुपले बन्द गर्ने उनीहरुले माग गरेका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य संघले महिनाको पहिलो शनिबार नेपालगञ्ज बन्द गर्ने निर्णय गरेपनि व्यवसायीहरुले अटेर गरेको उनीहरुको भनाइ छ । बन्द नै हो भने सबैले बन्द गर्नुपर्ने उनीहरुले धारणा राखेका थिए ।

व्यवसायी हकहितको लागि व्यवसायी नै एकता हुन पर्ने उनीहरुले बताएका छन् । बन्द गर्न पनि व्यवसायिक एकता जरुरी रहेको व्यवसायीहरुको भनाइ छ ।
वार्षिक साधारणसभा कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष विष्णु प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ रहेका थिए ।

संघलाई विभिन्न किसिमको सहयोग गरेको भन्दै व्यवसायी सिताराम गुप्ता, रतिराम पराजुली, संघका सल्लाहकार मिनकेटन आचार्य, टेक बहादुर खड्कालाई सम्मान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ४ गते आइतबार