मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अभियान चलाइने



यानबी साहु : कोहलपुर,४ चैत/   कोहलपुर नगरपालिका–१४ हवलदारपुरमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अभियान चलाइने भएको छ । चैत महिनाभरि विभिन्न कार्यक्रमहरु गरी सो अभियान सञ्चालन गरिने भएको हो ।

समाज सेवा संस्था नेपालको आयोजनामा गर्न लागिएको कार्यक्रम अन्तर्गत चैत ७ गते हवलदारपुर क्षेत्रमा मानवअधिकार सचेतनामूलक होडिङ बोर्ड राख्ने, १० गते क्षयरोग विरुद्धको दिवसको अवसरमा वृहत रक्तदान, ३० गते सरसफाइ र २०७५ साल वैशाख १ गते शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

सोही कार्यक्रमको पूर्व तयारीका बारेमा एक कार्यक्रमको आयोजना गरी राय सुझाव संकलन तथा छलफल गरिएको छ । संस्थाका अअध्यक्ष विनोद थापाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।

कोहलपुर नगर कार्यपालिकाकाका बोर्ड सदस्य दयाराम विकको प्रमुख आतिथ्यतामा भएको राय सुझाव संकलनका सहभागीहरुले कार्यक्रमहरु गाउँकेन्द्रित नभई शहर केन्द्रित भएकोे गुनासो गरेका थिए ।

कुनै पनि काम गर्दा गाउँलाई विशेष जोड दिनुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रममा कोहलपुर नगरपालिका नगर स्वास्थ्य संयोजक धन रेग्मी, वडा नम्बर १४ का वडा सदस्यहरु मनबहादुर गुरुङ, जाकिर हुसेन खाँ, महिला सदस्य शान्ति सुनार, वडा नम्बर १४÷१५ का सचिव सुवासचन्द्र यादव, खानेपानी तथा सरसफाइ समिति हवलदारपुरका अध्यक्ष भोजबहादुर थापा, समाजसेवी गगन थापा, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको सहभागिता रहेको
थियो । कार्यक्रम संस्थाका अध्यक्ष विनोद थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ४ गते आइतबार