कोहलपुर,४ चैत/ बाँकेको कोहलपुर नगरपालिका ५ स्थित वेष्टर्न माध्यामिक विद्यालयमा कक्षा दशका विद्यार्थीहरुलाई बिदाइ गरिएको छ ।
शैक्षिक सत्र २०७३ मा कक्षा दशमा अध्ययनरत छात्र छात्राहरुलाई ९ कक्षामा अध्ययनरत विद्यार्थीहरुले बिदाइ गरेका थिए । कार्यक्रममा
दश कक्षा विद्यार्थीहरुलाई टीका तथा पुष्पगुच्छा लगाएर विदाइ गरिएको थियो ।
सो अवसरमा विद्यालयका विद्यार्थीहरुले थुप्रै नृत्यहरु तथा विविध सांस्कृतिक प्रस्तुतहरु समेत प्रदर्शन गरेका थिए ।
विदाई कार्यक्रममा विद्यालयका शिक्षक कुबेर बस्नेत, उमेश श्रेष्ठ, भक्ति प्रसाद शर्मा सविन सापकोटा बद्रि सापकोटा अभिभावक विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम कक्षा ९ की छात्रा अञ्जली चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : २०७४ चैत ४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्