नेपालगन्जमा नागरिकताका लागि सामूहिक यौन प्रस्ताव राख्ने २ पक्राउ



नेपालगन्ज/  रुकुम घरभई भारतीय नागरिक संग विवाह गरेकी एक महिलाले नेपाली नागरिकता प्राप्त गर्न सुरु गरेको प्रयासमा यौन प्रस्ताव अघि सरेपछि घटनामा दुई जना अभियुक्त पक्राउ परेका छन् ।

रुकुमकी एक महिलाले बाँकेबाट नागरिकता लिन प्रयास गरेपछि उनको चिनजान नेपालगन्ज ६ बस्ने मौलाना सुबराती जोलाह संग भयो । पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा, मौलानाले नागरिकता दिलाउने प्रयासमा इलाका प्रशासन कार्यालय नरैनापुरका कार्यालय सहयोगी इमामुल हक खाँ संग चिनजान गराएका थिए ।

नागरिकता प्राप्त गर्न तीन लाख रुपैया घूस लाग्ने जानकारी पाएपछि महिलाले आफु सो रकम दिन नसक्ने बताएकी थिइन ।, तर, मौलाना सुबराती र कार्यालय सहयोगी इमामुलले आफ्नो एक जना सहकर्मी सहित तीन जनालाई यौन सम्पर्क गर्न दिए मात्र नागरिकता दिने प्रस्ताव राखेपछि घटना जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेको छ ।

सुबराती स्थानीय मदरसामा अध्यापन गराउने शिक्षक हुन् । कार्यालय सहयोगी इमामुलले आफ्नो साथमा रहेको एकजना अरु साथीलाई अर्थात तीन जनाले महिला संग यौन प्रस्ताव गरेको खुलेको छ ।

नागरिकताका लागि दिउँसो २ बजेको नामाज पछि मदरसामा आउनु, मौलाना सुबराती र इमामुलले फोनमा भनेका थिए, पीडित महिलाले भनिन्, त्यहाँ पुग्दा यौन सम्पर्क गर्न दिए सित्तैमा नागरिकता बनाइदिने विषय दुबैले अघि सारेका थिए ।,

शौचालय जाने बहानामा मदरसाबाटै प्रहरीलाई फोन गर्न सफल भएको पीडित महिलाले बताएकी छन् । प्रहरी श्रोतका अनुसार, लुगा खोल्ने सम्मको प्रयास भएको देखिएको छ ।

महिला संग समूहिक यौन सम्पर्क गर्ने उद्देश्यले अश्लील हर्कत ब्यवहार, लुगा खोल्ने, संवेदनशील अंग छुने लगायत प्रयास भएको प्रारम्भिक रुपमा बुझिएको छ, जिल्ला प्रहरी कार्यालय बाँकेका एक अनुसन्धान अधिकृतले भने, अहिले थप अनुसन्धान भइरहेको छ ।

पछिल्लो तीन वर्ष देखि ईलाका प्रशासन कार्यालय नरैनापुर नेपालगन्ज वडा नं.६ फुल्टेक्रामा थन्किएको छ । जिल्ला प्रशासनका शाखा अधिकृत गणेश शाही प्रमुख रहेको उक्त कार्यालय उनीपछि अहिले काम चलाउन कार्यालयको रुपमा कार्य सम्पादन गर्दै आएको छ ।

पीडित महिलाले दिएको जानकारी अनुसार, आफु माथि उनीहरुको कुदृष्टि लामो समय देखि रहँदै आएको थियो । नागरिकता पाउने लोभमा मैले पनि केहि बोलिन उनले भनिन्, पहिला तीन लाख, पछि दुई लाख हुँदै २५ हजार रुपैया सम्म कुरो तय भएको थियो । पछि नागरिकताका लागि रुपैया संगै इज्जत समेत जाने भएपछि प्रहरी गुहारेको हुँ, उनले भनिन् ।

प्रहरीले निवेदनको आधारमा पीडित महिलाको स्वास्थ्य जाँचपछि आवश्यक अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न मौलाना सुबराती जोलाह, कार्यालय सहयोगी इमामुल हक खाँलाई प्रहरीले थुनामा राखेको छ ।

महिलाले थप एक ब्यक्ति रहेको बारे खुलाएको तर नाम थाहा नभएको बताएपछि सो बारे पनि खोजी भइरहेको प्रहरी भनाई छ । आशयकरणीमा जाहेरी अझै आएको छैन, प्रहरीले भन्यो, जाहेरी आएपछि सो अनुसार मुद्दा अघि बढाइन्छ ।

महिलाले ब्यक्तिको नाम थाहा नभएपनि हेरेका बखत चिन्न सक्ने बताएकी छन् । दुबै जना संगै एकजना अरु मदरसामा थिए, महिलाले भनिन्, तर नाम थाहा छैन ।

तीनजनाले सामूहिक जबरजस्ती करणी उद्देश्यले महिलालाई बोलाएको पाइयो, प्रहरीले भन्यो, यद्यपि जबरजस्तीकरणी हुन सकेको छैन । सूचना प्राप्त भएको केहि मिनेटमा नै पुगेको प्रहरीले दुईजनालाई फन्दामा लिन सफल भएको हो ।

#दैनिक नेपालगन्जबाट साभार ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ३ गते शनिबार