नेपालगन्ज,२ चैत/ बाँकेको नेपालगन्जमा साईबर सेक्युरीटि र डिजिटलाईजेशनबारे एकदिने गोष्ठी हुने भएको छ । कम्प्युटर एशोसियसन नेपाल महासंघ बाँके शाखाले नेपालगन्जमा पत्रकार सम्मेलन गरी चैत ३ गते गोष्ठीको आयोजना गरिनेबारे जानकारी गराएको हो ।
सुचना, संचार तथा प्रविधिको क्षेत्रमा भैरहेको द्रुतर विकास संग संगै विभिन्न क्षेत्रमा भईरहेको चुनौतीको विषयमा जानकारी गराउने उद्देश्य राखिएको पत्रकार सम्मेलनमा बताइएको थियो ।
सम्मेलनमा शाखा अध्यक्ष भोजराज तिमिल्सीनाले गोष्ठीमा डा. प्रमोद पराजुली, डा. अभिजित गुप्ता र चिरन्जिवी अधिकारीको सहभागिता रहने बताए ।
गोष्ठीमा स्थानीय निकायका जनप्रतिनिधि, विद्यार्थी र कानुन क्षेत्रलाई पनि प्राविधिकरण गराउनको लागि वकिल सहित १ सय ५० बढिको सहभागिता रहने बताइएको छ ।
गोष्ठीमा विषेशगरी प्रविधिको प्रयोग, आवश्यक्ता, स्रोत र प्राथामिकताका बारेमा छलफल सहित जानकारी गराइने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्