डुडुवामा स्वास्थ्य र घरधुरी निरीक्षण तिव्र



कोहलपुर,२ चैत/    बाँके जिल्लाको डुडुवा गाउँपालिकामा सञ्चालित घरघरमा स्वास्थ्य अभियान र घरधुरी सर्वेक्षण तिव्र रुपमा अगाडी बढदै गएको छ ।

गाउँपालिकाले केहीदिन अघिदेखि शुरु गरेको अभियान अन्र्तगत ६ वटै वडाका विभिन्न टोलका नागरिकहरुको स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी वितरण गरिएको छ ।

अहिलेसम्म ६० घरधुरीका करिब ४ सय जनाको स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए । नागरिकको घरमै औषधीसहित स्वास्थ्यकर्मी पुगेपछि उनीहरु खुशी हुदै सेवा लिइरहेका छन ।

स्वास्थ्यकर्मी टोलीले घरका सम्पुर्ण परिवारको स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी वितरण गर्दै आएको छ । त्यसक्रममा जटिल स्वास्थ्य समस्या भएकाहरुलाई स्वास्थ्य केन्द्र तथा ल्याब प्रयोगशालामा सिफारिस गर्ने गरेको छ ।

यसैगरी घरधुरी सर्वेक्षण तथा घर नम्बर कायमको कार्य पनि भईरहेको छ । ४ नंम्बर वडा बाहेक ५ वटै वडामा एकसाथ अभियान संचालन गरिएको छ । अहिलेसम्म करिब ५ सय घरमा नम्बर कायम गरिएको वडा सचिव ऋषिराज गौतमले बताए ।

स्वास्थ्य अभियानमा १८ जना र घरधुरी सभेर्वेक्षणका लागि ५० जनाको टोली परिचालनमा रहेको छ । टोलीले गर्ने काम तथा सेवा प्रवाहको प्रभावकारिताका लागि गठन भएका छुट्टाछुट्टै अनुगमन टोलीले स्थालगत अवस्थाबारे जानकारी लिइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २ गते शुक्रबार