साईनिङ स्टारको १७औं वार्षिक साधारण सभा सम्पन्न



कोहलपुर,३० फागुन/  कोहलपुर नगरपालिका—८ स्थित साईनिङ स्टार ई.मी स्कुलको १७ औं वार्षिक उत्सव मंगलबार सम्पन्न भएको छ । वार्षिक उत्सवको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी रावतले निजी तथा सरकारी विद्यालयहरुले सैद्धान्तिक शिक्षा सगै प्राविधिक शिक्षामा जोड्एर कुनै पनि प्राविधिक विषय लागु गर्नुपर्ने बताए ।

कार्यक्रमका विशेष अतिथि कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्माले विद्यालयले शैक्षिक गतिविधि सगै अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताए । वार्षिक उत्सवमा विद्यालयका विद्यार्थीहरुले नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरु प्रर्दशन गरेका थिए ।

साथै वार्षिक उत्सवमा वर्षभरीमा संञ्चालन भएका अतिरिक्त क्रियाकलाप तथा शैक्षिक स्तरमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई शिल्ड तथा पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रममा एन प्याब्सनका सचिव कुसुम राना भाट अभिभावक,शिक्षिक,विद्यार्थी संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय संञ्चालक समितिका अध्यक्ष रुद्र खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ३० गते बुधबार