रावन विश्वकर्मा : बर्दिया,३० फागुन/ एकिकृत राष्ट्रिय प्रजातन्त्र पाटी बर्दियाको जिल्ला कार्यसमिति पुर्नगठन गरिएको छ ।
पाटीका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक सुर्य बहादुर सिंहको अध्यक्षमा बसेको विशेष बैठकले अधिवक्ता गोपाल रेग्मीको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा ईश्वरी लाल थारु, सचिवमा गंगाराम थारु, प्रवक्तामा राम चरण थारुलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा बिद्या प्रसाद थारु, बिजय शम्शेर राणा, श्याम नारायण थारु, नैना कुमारी शाही, देबु बिक, जगत बहादुर खड्का, बलबहादुर बिक, खोनारी थारु, एन बहादुर बि.सी, बालकुमारी राना, शिव कुमार थारु लगायत रहेका छन् ।
भेलाले निकट भबिष्यमा नेपाललाई हिन्दु राष्ट्र कायम गर्न विशेष अभियानको थालनी गर्ने निर्णय समेत गरेको छ ।
५ नम्बर प्रदेशको राजधानी बुटवलमा नभई छिमेकी जिल्ला सुर्खेतमा खाभिदा बर्दियाको समग्र विकासमा टेवा पुग्ने भएकोले ६ नम्बर प्रदेशमा गाभिदा उपयुक्त हुने निष्कर्ष निकाल्दै आन्तरिक छलफलमा जुटी भावी कार्यक्रम तय गर्ने सर्वसम्मत निर्णय गरिएको केन्द्रीय सदस्य सिंहले बताए ।









प्रतिक्रिया दिनुहोस्