कोहलपुर,२८ फागुन/ कोहलपुर कपडा व्यवसायी संघ बाँकेले कोहलपुर नगर विकास समितिलाई ध्यानार्षण गराएको छ ।
कोहलपुर नगरविकास समितिले निर्माण गरेको कोहलपुर स्थित न्यूरोडमा रहेको एउटा सटरको भाडालाई २७ हजार २ सय पर्ने गरी टेण्डरमा परेको भन्दै कापडा व्यवसायी संघले समितिलाई ज्ञापन पत्र बुझाएको हो ।
कोहलपुर नगरविकास समितिले ८ हजार सटरको भाडा पर्ने गरी टेण्डर आह्वान गरेको थियो तर सो सटरलाई २७ हजार २ सय सम्म तिर्ने गरी टेण्डर हालेपछि आफुहरुलाई समस्या परेको कोहलपुर कपडा व्यवसायी संघका अध्यष हेमराज अधिकारीले बताएका छन् ।
नगर विकास समितिको सटरलाई २७ हजार भाडा तिर्ने अवस्था आएको खण्डमा अरु सटर भाडा लिएर व्यवसायी गर्ने व्यापारीका घरधनीले घर भाडा बढाउने भएकोले तत्काल सो टेण्डरका बारेमा सोच्नुपर्ने भन्दै ध्यानाकर्षण गरिएको बताए ।
‘यस्तो सटर भाडामा सेण्डरको आह्वान प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’ उनले भने ‘यस्ता क्रियाकलापले गर्दा आम कोहलपुरमा व्यवसाय गर्ने व्यापारीको भाडा वृद्वि चरम सिमामा पुग्ने सम्भावना भई व्यापारीहरु धरापम पर्ने अवस्था देखिएकाले यस्ता कार्य नगर्न अनुरोध गर्दछु ।’
कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले टेण्डरको प्रक्रिया पुरा भई सकेकाले अहिले कुनै पनि कार्य गर्न नसक्ने यसैलाई मान्यता दिने बताएका छन् । साथै व्यापारीहरुबाटै सो रकम परेकोले नगर विकास समितिले केहिपनि गर्न नसक्ने बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्