राष्ट्रियसभा अध्यक्षको उम्मेदवारी दर्ता आज



काठमाडौं,२८ फागुन/ राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ ।

संसद भवन नयाँ वानेश्वरमा बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ । उम्मेदवारमाथिको दाबीविरोध पछि दिउँसो १ः३० बजे अन्तिम नामावली प्रकाशन गरिने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो । आउँदो फागुन ३० गते राष्ट्रियसभा अध्यक्षको चुनाव हुँदैछ ।

प्रमखु सत्तारुढ दल एमाले र माओवादीबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ । राष्ट्रियसभाको अध्यक्षका लागि एमालेबाट परशुराम मेघी गुरुङ, गणेश तिमल्सिना, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई र शेरबहादुर कुँवरलगायतको नाम चर्चामा छ ।

यसमा गुरुङ र तिमल्सिनामध्ये प्रमुख दावेदार रहेको स्रोतले जनाएको छ ।

-ujyaaloonline.com

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २८ गते सोमबार