नेपालगञ्ज,२४ फागुन/ नेपालगञ्ज उपमहानगरपालिका वडा नं.६ फुल्टेक्रामा बिहिबार पाठेघरको निशुल्क क्यान्सर पहिचान शिविर गरिएको छ ।
हेल्थ केयर नेपाल तथा प्रसुती गृह नेपालगञ्जको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नं.६ वडा कार्यालयको सहयोगमा पाठेघरको क्यान्सर पहिचान शिविर सञ्चालन गरिएको हो ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित शिविरमा वडा नं.६ का महिलाहरुले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए ।
कार्यक्रमको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्सेर राणालेगरेका थिए ।
कार्यक्रममा नगरका उपप्रमुख उमा थापा, वडा नं ७ का वडा अध्यक्ष जुम्मन खान, स्थानीय अगुवा, समाजसेवी लगायत पत्रकारको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७४ फागुन २४ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्