तीन दिने पत्रकारिता तालिम शुरु



कोहलपुर,२४ फागुन /  बाँकेको डुुडुवा गाउँपालिकामा तीन दिने पत्रकारिता तथा उद्घोषण तालिम बिहिबारदेखि शुरु भएको छ । ‘हाम्रो अभियान गाउँ गाउँमा सञ्चार’ भन्ने नाराका साथ सञ्चालन भएको तालिम गाउँपालिकामा रहेका विभिन्न समस्याको पहिचान गरी सत्य तथ्य समाचार सञ्चार माध्यममार्फत प्रवाह गर्ने उद्देश्यले सञ्चालन गरिएको हो ।

तालिमको बिहिबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले शुभारम्भ गर्दै राज्यको चौथो अंग पत्रकारिता जगत उच्च रहेको भन्दै यस तालिमले गाउँपालिकामा स्थानीय सञ्चारकर्मी उत्पादन भई समस्या बाहिर उजागर हुने विश्वास व्यक्त गरे ।

वरिष्ठ पत्रकार निरज गौतमले पत्रकारिताका विद्यार्थी वा अनुभवी पत्रकार जो कोहीले पनि पत्रकारिताको मुल्य मान्यताको पालना गरी व्यवसायिक पत्रकारिता गर्न सुझाव दिदै अहिलेको संघिय संरचनामा सञ्चारको विकास तिव्र अघि बढाउनु पर्ने बताए ।

तालिममा वरिष्ठ पत्रकार निरज गौतम, हेमन्त कर्माचार्य, सिराज खान, झलक गैरे, पत्रकारहरु अछरी पोख्रेल, राकेश मिश्र, सन्तोष रेग्मी र सूर्यलाल यादवले सहजीकरण गरेका थिए ।

लक्ष्मी नारायण क्रियशनका प्रमुख सन्तोष रेग्मीको सभापतित्वमा भएको तालिम डुडुवा गाउँपालिकाको सहयोगमा लक्ष्मी नारायण क्रियसन प्रा.ली.र अवधी पत्रकार संघ नेपालको संयुक्त आयोजनामा शुरु भएको हो । तालिममा ६ वटा वडाका ४० जना युवाहरुको सहभागिता रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २४ गते बिहीबार