नेपालगञ्ज,२३ फागुन/ स्थानीय स्तरमा सामुहिक सौदावाजी सम्बन्धी एकदिने गोष्ठी बुधबार नेपालगन्जमा सम्पन्न भएको छ । श्रम कार्यालय भेरी अञ्चल नेपालगञ्जको आयोजनामा भएको सौदावाजी गोष्ठी अधिवक्ता विजय गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । गोष्ठीमा उद्योग कलकारखाना, कम्पनी, संघसंस्था तथा यातायात क्षेत्रमा काम गर्ने मजदुरहरुको सौदावाजी बारेमा गहन छलफल गरिएको थियो ।
गोष्ठीमा कल कार्यालयमा काम गर्ने मजदुरले पाउने सेवा सुविधा तथा उनीहरुले पाउने पारिश्रमिक लगायतका सुविधा समेत नपाएको खण्डमा राज्य तर्फबाट केही सुनवाई तथा कार्यन्वयन नभएको ट्रेड युनियनका कर्मचारीहरुको भनाई थियो । साथै स्थानीय स्तरमा कार्य गर्दै आएका मजदुरहरुको लागि सामुहिक पहल गर्न आवश्यक रहेको उनीहरुले बताएका थिए । मजदुरहरुको बारेमा नीति नियम बनाउदा दुवै पक्षलाई राखेर बनाउन आवश्यक रहेको समेत उनीहरुले जोड दिएका थिए ।
कार्यक्रममा सौदावाजी बारे अन्तराष्ट्रिय कानुन ऐनबारे प्रमुख अतिथि समेत रहेका अधिवक्ता विजय गुप्ताले प्रशिक्षण दिएका थिए भने सामुहिक सौदावाजीको विषयमा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष बसन्त मल्ल, श्रम कार्यालयका प्रमुख मनोज कुमार यादव लगायत ४ जनाले प्रशिक्षण दिएका थिए ।
सो गोष्ठीमा मजदुरहरुको हक अधिकारका वारेमा काम गर्ने टे«ड युनियनहरुको सहभागिता रहेको थियो । श्रम कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख मनोज कुमार यादवको सभापतित्वमा सम्पन्न भएको थियो ।