रनिङ्ग शिल्ड सफल बनाउन प्रधानाध्यापक सक्रिय



कोहलपुर,२१ फगुन/  आगामी चैत २५ गतेदेखि संचालन हुने १० औं राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता सफल बनाउन जिल्ला भरिका प्रःअ हरु सक्रिय भएका छन् । सरस्वती मा.वि भवनियापुरमा हुन गइरहेको रनिङ्ग शिल्डप्रतियोगीता भव्य बनाउनका लागि प्र.अ. सक्रिय भएका हुन् ।

जिल्ला खेलकुद विकास समिति बाँकेको आयोजना तथा सरस्वती मा.वि भवनियापुरको संचालन र व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा जिल्ला भरिका सामुदायिक तथा निजि विद्यालयले एक जुट भएर सहयोग गर्ने सामुहिक प्रतिवद्धता समेत जनाएका छन् ।

उनीहरुले सबै विद्यालयको अनिवार्य उपस्थिति तथा सहयोग गर्न आग्रह छन, त्यसै अनुसारको तिव्र तयारी गर्न विद्यालयलाई पनि निर्देशन दिइएको छ । प्र.अ भेलामा सहभागी गणेश आधारभूत विद्यालय खैरहनीका प्र.अ लहानु थारुले दुर्गम ठाउँमा हुन गईरहेको प्रतियोगीतालाई खेलकुद महोत्सवकै रुपमा मनाउन तयारी थालिएको बताए ।

बाँकेका जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदले जिल्ला शिक्षा कार्यालयले गर्ने सबै सहयोगहरु खुल्ला रहेको बताउदै खेलकुद महोत्सव सफल पार्न सबै जागरुप हुनुपर्ने आग्रह गरे ।

यस वर्ष क्षेत्रअनुसारको प्रतियोगिता नभएर जिल्ला स्तरीय हुने र आधारभूत विद्यालय देखि कक्षा १२ सम्मका विद्यालय सहभागी हुन पाउने भएको हँुदा रनिङ्ग शिल्ड प्रतियोगीता सफल पार्ने दायित्व खेल सञ्चालक विद्यालयको नभएर सबैको भएको बताए ।

प्रतियोगितामा भलिबल छात्र, छात्रा, कबड्डी छात्र, छात्रा, हाइजम्प दौड,लङजम्प,त्रिपलजम्प, याभलिङ थ्रो, सुतुरियो करांते, तेक्वान्दो, उसु लगायतका खेल रहने छन् ।

खेल सञ्चालन गर्ने विद्यालयले जिल्ला खेलकुद विकास समितिले २ लाख र सहभागी भएका विद्यालयलाई १० हजारको दरले उपलब्ध गराउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेतले जानकारी दिए ।

यसवर्ष ४ हजारको दरले विद्यालयलाई दर्ता शुल्क लाग्ने निर्णय समेत गरिएको छ । प्रतियोगिता सफल पार्नका लागि फिल्ड मार्सल जयद अहमद खाँ र सहायक फिल्डमार्सलमा केशर बहादुर आलेलाई राखिएको छ । आंतक बस्नेतको अध्यक्षतामा आपतकालिन समिति गठन गरिएको छ ।

यो समितिले खेल सञ्चालनको क्रममा आइपर्ने समस्या समाधान गर्न मुख्य भूमिका खेल्ने छ । त्यस्तै अभिलेख समितिमा दुर्गाप्रसाद बास्तोलालाई राखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २१ गते सोमबार