मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २०, २०७४
काठमाडौँ,२० फागुन/ आइसीसी विश्व कप छनौट प्रतियोगिता नेपालले पहिलो खेल आयोजक तथा टेस्ट रास्ट्र जिम्बाबेसंग खेलिरहेको छ। जिम्बाबेको क्विन्स स्पोर्ट्स क्लब बुलावेयोमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको जिम्बाबेले नेपाल सामु रनको बिशाल लक्ष पेस परेको छ। टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको जिम्बाबेले सुरुवातमा देखि नै नेपाल माथि हावी भएको थियो ।
जिम्बाबेलाइ विशाल लक्षसम्म पुर्याउनका लागि सिकन्दर राजाले सबैभन्दा बढी १२३ रन बनाएका थिए भने ब्रेनडन टेलरले १०० रनको सतकीय पारि खेलेका थिए । त्यस्तै मिरेले ५२, केफास ज्हुवाओले ४१, क्रिग एर्विनेले ३४ र हमिल्तोन मसकत्ज़ा १७ रन बनाएका थिए ।
नेपालका लागि बसन्त रेग्मीले सबैभन्दा बढी विकेट २ विकेट हात पारे भने सन्दिप लामिछाने र ललित राज्बंसिले समान १/१ विकेट लिए ।
आइसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएको जिम्बाबे नेपालको लागि सहज प्रतिद्वन्द्वी भने कदापि हुनेछैन। सन् १९८३ को बिश्वकप देखि जिम्बाबेले २०१५ सम्म सबै ९ वटा एकदिवसीय बिश्वकप खेलीसकेको छ।।
प्रतियोगितामा १० टोलि बीच शिर्ष दुई स्थान हाँसिल गर्दै २०१९ मा इंग्ल्याण्डमा आयोजना हुने बिश्वकप छनौट हुन प्रतिस्पर्धा गर्दैछन्।